Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा नि:शुल्क आँखाको नानी प्रत्यारोपण गरिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पहिलो प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-०८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण तथा कर्नियाको अपरेसन निःशुल्क गर्ने व्यवस्था गरेको हो ।

कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो बनेको छ। आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोध भर्ना गर्ने गरी कार्यविधि तयार भइरहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077