Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनको घोषणा - ६ वटा देशमा ५० हजार मेट्रिक टनसम्म निःशुल्क अन्न पठाउँछु

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने घोषणा गरेका छन् ।

राजधानी सेन्ट पिटर्सबर्गमा भएको रुस–अफ्रिका शिखर सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेका हुन् ।

उनले छ वटा अफ्रिकी देशमा ५० हजार मेट्रिक टनसम्म अन्न सित्तैमा पठाउने घोषणा गरे ।

छिटै नै बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियामा २५ देखि ५० हजार टनसम्म निःशुल्क अन्न सहयोग गर्ने पुटिनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077