Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

    हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 591
    SHARES

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा भ्याटबढाएका कारण हवाई सेवा थप महँगो हुने भन्दै नाट्टाले भ्याट फिर्ताको माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।



    नाट्टाले हवाई क्षेत्रमा लगाएको भ्याटले हवाई सेवा महँगो हुने भएकाले सरकारले गरेको प्रावधान सच्याउन पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य हुनुपरेको बताएको छ ।



    सरकार र निजी व्यवसायीको सहकार्यले मात्र पर्यटन क्षेत्रको दिगो विकास हुने नाट्टाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार