Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम । पहिरोका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ।

जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा बिहानैदेखि सडक अवरुद्ध भएको हो।

लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुङ्गा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वले जनाएको छ ।

बिहानैदेखि भूमे गाउँपालिकाको पहलमा जेसिबीले पहिरो पन्छाइरहे पनि अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

बिहानैदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स र गाडी अलपत्र परेका छन् ।

काठमाडौँ, पोखरा, दाङ, रोल्पाबाट आएका र रुकुमपश्चिम, रुकुमकोटबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारी साधन पहिरो खसेको स्थान आसपास अलपत्र अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077