Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुदका लागि क्रिकेट टिम घोषणा, विनोदसहित ३ खेलाडी थपिए

काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको नामावली घोषणा गरेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका टोलीमा तीन खेलाडी थपेका छन्।

जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भदौ १ गतेबाट सुरु हुँदैछ।

प्रारम्भिक नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077