Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै बुवाले छोरीलाई गर्भवती बनाएको घटना सार्वजनिक, लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ

धादिङ । आफ्नै छोरीलाई दाङमा जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले गत बुधवार पक्राउ हो ।

मजदुरीको सिलसिलामा धादिङ आएको बेला धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।

त्यसैक्रमा १७ वर्षीया छोरीमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ ।

धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको प्रहरीले जनाएको छ ।

घटना धादिङमा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077