Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनले भने - अफ्रिका राजनीतिक र आर्थिक शक्तिको नयाँ केन्द्र बन्दै छ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकाको राजनीतिक र आर्थिक शक्ति बढ्दै गएको बताएका छन् ।

शुक्रबार सेन्ट पिटर्सवर्गमा रुस–अफ्रिका शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पुटिनले शिखर सम्मेलनमा भने “हाम्रो आँखा अगाडि अफ्रिकी महादेश शक्तिको नयाँ केन्द्र बनिरहेको छ । यसको राजनीतिक र आर्थिक भूमिका तीब्र रूपमा बढिरहेको छ । सबैले यो वस्तुनिष्ठ वास्तविकतालाई मान्नुपर्छ ।”

औपनिवेशिकताका केही स्वरुपहरू आजसम्म उन्मुलन हुन नसकेको र पूर्वसाम्राज्यवादी शक्तिले विशेष अर्थतन्त्र, सूचना र मानवीय क्षेत्रमा यसको अभ्यास गरिरहेको पुटिनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077