Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ब्रेक फेल भएर ट्रक दुर्घटना हुँदा दुई जना घाइते

    ब्रेक फेल भएर ट्रक दुर्घटना हुँदा दुई जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 879
    SHARES

    दाङ । लमही घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।



    घाइते हुनेहरूमा लमही नगरपालिका-२ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेका छन् ।



    घोराहीतर्फ आउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो ।

    टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार