Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद बाँस्कोटाको प्रश्न - सुन तस्करीबारे हामीले गठबन्धनकी जय भनेर बस्नुपर्ने हो ?

काठमाडौं । प्रमुख विपक्षि दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले अविलम्ब क्विन्टल सुन तस्करीबारे गम्भिरतापूर्वक छानविन गर्नुपर्ने बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् । सांसद बाँस्कोटाले सुन प्रकरणमा छानबिन समिति गठनको लागि सरकारले भोलिसम्मको समय मागेको बताए।

सांसद बाँस्कोटाले भने, ‘सरकारले अविलम्ब त्यो विषयलाई गम्भिरतापूर्वक छानविन गर्नुपर्छ। त्यसबारे दोषी पत्ता लगाएर कारवाही गर्ने काम गर्नुपर्यो । खाली स्टण्टबाजी देखाएर यो गर्छु र त्यो गर्छु भन्ने यो फाइल खुल्छ त्यो फाइल खुल्छ भन्नुको अर्थ हुँदैन । पहिला खुलेका फाइलको टुंगो लगाउँन बाँकी अरु खोल्दै जाँउला । यो अपराध भो । त्यसो भए हामी हात बाँधेर बस्नु त ? केही नगरौं होइन त ? प्रचण्डजीकी जय भनेर बसौं हामी हो ? अनि गठबन्धनकी जय भनौं ?’

उनले छानबिन समिति गठन गरेपछि आवश्यक कारवाही गर्नुपर्ने बताए । उनले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताए ।

विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।

एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077