Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

केन्द्रीय समिति बैठक लाईभ गर्नु हुँदैन, ढुक्कसँग बोल्न पाउनुपर्छ : दीपशीखा

काठमाडौं । माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ले केन्द्रीय समिति बैठक लाइभ गर्न नहुने बताएका छन् ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले साउन १७ देखि बस्ने बैठक लाइभ गर्ने तय गरेपछि दीपशीखाले विरोध गरेका हुन् ।

उनले जीवन, घर, परीवारका अन्तरंग छलफल लाईभ गर्ने विषय नभएको बताए ।

‘पार्टी बैठक लाइभ हुनु हुँदैन्, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परीवारका अन्तरंग छलफल लाईभ गर्ने विषय होइनन्’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077