Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज पनि संसद चल्न नदिने एमालेको अडान, उच्चस्तरीय समिति बनाउनु पर्ने माग

    आज पनि संसद चल्न नदिने एमालेको अडान, उच्चस्तरीय समिति बनाउनु पर्ने माग

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 528
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चल्न नदिने भएको छ ।

    सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै आएको एमालेले आज पनि संसद चल्न नदिने भएको हो । यसअघि सोमबार पनि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।



    बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर आज पनि प्रमुख प्रतिपक्षी दल एमाले बैठक अवरुद्ध गर्ने तयारीमा छ । उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेको अडान छ ।



    संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार