Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पूर्वगृहमन्त्री खाँण र पूर्वमन्त्री रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेश गलत भएको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।

उच्च अदालत पाटनमा उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका हुन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाँण, एमाले सचिव रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजालले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् ।

जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ । यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077