Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाद्धारा मालदिभ्सका २० जनालाई प्रतिबन्धको घोषणा

एजेन्सी । वासिङ्टनले माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदको हत्याको प्रयास गरेको आरोपमा एक व्यक्तिसहित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको आरोपमा माल्दिभ्सका २० जना नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको पर्यटन क्षेत्रमा आतंकवादी योजनासँग धेरै सम्बन्ध रहेको बताएको छ।

सोमबार सार्वजनिक गरिएको नयाँ प्रतिबन्धले मानिकलाई आईएस भर्ती गर्ने मोहम्मद अमीनको सहयोगीको रूपमा पनि पहिचान गरेको छ।

उनलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077