Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिबान र अमेरिकी अधिकारीबीच दोहामा वार्ता

एजेन्सी । दुई वर्षअघि अफगानिस्तानको सत्ता कब्जा गरेयता तालिबान र अमेरिकी अधिकारीहरुबीच कतारको राजधानी दोहामा पहिलो पटक औपचारिक वार्ता भएको छ।

यही आइतबार र सोमवार गरी दुई दिनसम्म चलेको वार्तामा अफगानिस्तानको आर्थिक स्थायित्वका साथै मानव अधिकार तथा अवैध लागु पदार्थको तस्करी नियन्त्रण, तालिबान नेतृत्वमाथि लाग्दै आएको यात्रा प्रतिबन्ध तथा अफगानिस्तानको केन्द्रीय बैंकको अमेरिकामा रोक्का रहेको रकम फुकुवा गर्ने लगायतका विषयमा वार्ता भएको हो ।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले उसको केन्द्रीय बैंकमा जम्मा गरिएको अफगानीस्तानको करिब सात अर्ब डलर जफत गरेको छ।

अफगानी विदेश मन्त्रालयका प्रवक्ताले यात्रा तथा आर्थिक प्रतिबन्ध फुकुवा तथा अमेरिकी बैंकमा रहेको अफगानी रकम फिर्ता लगायतका दुवै पक्षबीच विश्वासको वातावरण बनाउने उपायका बारेमा छलफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077