Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्लोबल टि-२० : सन्दीप आवद्ध सर्रे जगेअर्स फाइनलमा

काठमाडौं । सन्दीप लामिछाने आवद्ध सर्रे जगेअर्स ग्लोबल टी-२० को फाइनलमा पुगेको छ ।

हिजो राति भएको पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले उपाधि भिडन्त पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सर्रे निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो ।

१४० रनको सामान्य लक्ष्य पछ्याएको भ्यानकुभर १६.१ ओेभरमा १०२ रनमै अलआउट भयो ।

सर्रेका लागि म्याथ्यु फोर्डले घातक बलिङ गर्दै २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ३ ओेभरमा १५ रन खर्चेर एक विकेट लिएका थिए ।

भ्याकुभरका लागि फ्याबियन अलेनले सर्वाधिक २७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077