Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विवादित पृष्ठभूमिका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाडौं । विभिन्न मुद्धामा पक्रउ परेका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्ष वैदेशिक रोजगार, अवैध हतियार, दोहोरो नागरिकतासहित विभिन्न अभियोगमा पटकपटक पक्राउ परेका लामालाई नियुक्त गरेको हो ।

उनी ०६७ मा एमालेबाट अर्थराज्यमन्त्री बनेका थिए । तर, विवादका कारण उनले छोटो समयमै राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी ०७० सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरका थिए ।

कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारले कोषको नयाँ उपाध्यक्षमा लामालाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077