Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

औषधि व्यवस्था विभागको कडा कदम : पाँच हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द

औषधि व्यवस्था विभागको कडा कदम : पाँच हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका देशभरका हजारौँ औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ।

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कुल ५ हजार ३०२ औषधि पसलको अनुज्ञापत्र स्वतः रद्द भएको जनाएको हो।

तोकिएको समयसीमाभित्र नवीकरण नगरेका कारण ती पसलहरूको दर्ता तथा सञ्चालन अनुमति कानुनी रूपमा स्वतः निष्क्रिय भएको विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू नियमअनुसार स्वतः रद्द हुने व्यवस्था लागू हुन्छ। सोही प्रावधानअनुसार ठूलो संख्यामा औषधि पसलहरूको अनुमति खारेज गरिएको हो।

विभागले सम्बन्धित पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

साथै औषधि बिक्री–वितरण गर्दा कानुनी व्यवस्था र विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न समेत कडाइका साथ निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077