Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइयो

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइयो

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । 

हिजो दिउँसोदेखि रथ तान्न शुरु गरेर बेलुकी जावलाखेल पुर्‍याइएको हो । रथलाई हिजो जावलाखेल पुर्‍याइएपछि अब पर्सि शनिवार भोटो जात्रा मनाइन्छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । 

त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको वैशाख २४ गते ज्योतिषहरूले हिजोको साइत निकालेका थिए ।

यस वर्ष रथजात्रा गएको वैशाख ५ गते मूर्तिलाई रथमा रथारोहण गरेर ८ गतेदेखि रथ तानेर शुरु भएको हो । रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077