Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथ जात्राको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्

रातो मच्छिन्द्रनाथ जात्राको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उपत्यकाको ऐतिहासिक रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको अवसरमा समयमै वर्षा, कृषिमा समृद्धि र विश्व शान्तिको कामना गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले सहकालका देवता रातो मच्छिन्द्रनाथसँग देश र विश्वको कल्याणका लागि प्रार्थना गरेका हुन्।

“यस पावन अवसरमा सबैले एउटै कामना गरौं—वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस् र संसारमा शान्ति फैलियोस्,” उनले लेखेका छन्।

पाटनको पुल्चोक बाट रथारोहण गरी सुरु हुने यो जात्रा करिब दुई महिनासम्म सञ्चालन हुन्छ। प्रधानमन्त्री शाहले यसलाई केवल धार्मिक परम्परा मात्र नभई श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्वितीय प्रतीकका रूपमा व्याख्या गरेका छन्।

उनले जात्राको १६ सय वर्ष पुरानो इतिहास स्मरण गराउँदै नरेन्द्रदेव को पालामा परेको भीषण खडेरी अन्त्य गर्न भारतको आसामबाट मच्छिन्द्रनाथलाई ल्याएर प्राण प्रतिष्ठा गरिएको उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077