Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अपराधिक कृत्यमा मुछिएका लामाको नियुक्ति खारेज गर्न सहमहामन्त्री पाण्डेको माग

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाको नियुक्ति खारेज गर्न माग गरेका छन् ।

विवादास्पद पृष्ठभूमिका पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्यसमेत रहेका लामालाई पाँच वर्षका लागि कोषको उपाध्यक्षमा मन्त्रिपरिषद् बैठकले नियुक्ति गरेको थियो ।

तर ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक पटक पक्राउ परेकालाई कोषको जिम्मेवारी दिन नहुने भन्दै सहमहामन्त्री पाण्डेले उनको नियुक्ति खारेज गर्न माग गरेका हुन् ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनीको विकासका लागि गठत निकायमा बैंकको लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्त खेदजनक भएको पाण्डेको तर्क छ।

पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्– ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बिनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकको लकरमा गोली राख्ने लगायत अनेक अपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ। यसप्रकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताविक कार्य संचालन गर्नसक्ने सत्‌पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077