Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष २५ हजार धरौटीमा रिहा

    प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष २५ हजार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 771
    SHARES

    सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् ।

    जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।



    वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएको असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका थिए ।



    प्रहरीले यो मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ पुर्जी जारी भएको झन्डै डेढ महिनापछि वडाध्यक्ष कार्कीले हिजो आइतवार जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार