Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संसद् खुलाउनेबारे कुरो मिलिसकेको चाहीँ छैन, लचिलो तरिकाले लागिराखेको छु : प्रधानमन्त्री

    संसद् खुलाउनेबारे कुरो मिलिसकेको चाहीँ छैन, लचिलो तरिकाले लागिराखेको छु : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 660
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन चलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुरा नमिलेको बताएका छन् ।

    सोमबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले समस्या समाधान गर्न आफू लागिरहेको बताए ।



    ‘कुरो मिलिसकेको चाहीँ छैन। सदन चलाउनुपर्छ, कुनै हालतमा रोकिनुहुँदैन भनेर सत्तापक्ष र प्रतिपक्षीले भनिराखेकै स्थिति छ । तरपनि कुरा मिलिसकेको छैन। अहिले कहाँ मिलेको छैन भनेर अहिले भन्दा झन् गाह्रो हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।



    उनले आफू समस्या समाधानका लागि लागिरहेको भन्दै मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार