Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

सदन सञ्चालन र संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको आज सोमवारको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले आफूले अधिकतमरूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गरे । भोलि दिउँसो ३ बजे बस्ने बैठकअघि नै दलहरूबीच सहमति हुने उनको विश्वास छ ।

सुन तस्करीका विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077