Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बस्तीमा पसेर मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा

चितवन । चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले 'डार्ट' गरेर बाघलाई सोमबार अपराह्न ४ः३० बजे खैरहनी १२ सहनपुरस्थित केरा घारीबाट नियन्त्रणमा लिएको हो।

आइतबार सो बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ मृत्यु भएको थियो। मृतक तामाङको शव आइतबार साँझ केराघारीबाट निकालेर परिवारको जिम्मा लगाइएको छ।

बाघ केराघारीमा पसेको थाहा पाएपछि निकुञ्जको टोलीले आइतबार बिहानैदेखि खोजी गरिरहेको थियो। बाघ बस्तीमा पसेपछि आइतबार दिनभर गाउँमा त्रास फैलिएको थियो। बाघको खोजीका लागि प्राविधिकसहित आइतबार १५ वटा र सोमबार १२ वटा हात्ती परिचालन गरिएको थियो।

नियन्त्रणमा लिएको बाघ अन्दाजी चार वर्षको भाले बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

प्राविधिक, कर्मचारी र नेपाली सेनाको ठूलो मेहनतले बाघलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । नियन्त्रणमा लिएको बाघ सौराहामा रहेको खोरमा राखिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा र सौराहाको खोरमा विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका पाँच वटा बाघ छन्। चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ बाघ छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077