काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो ।
सभामुख घिमिरेसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको थियो । सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज बिहान पुनः बैठक बस्ने तय भएको हो ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट सहमति नभएको हो ।