Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

    पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 660
    SHARES

    कैलाली । विरल वर्षासँगै आएको पहिरोले कैलालीमा सडक अवरुद्ध भएको छ ।

    भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।



    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।



    राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन पनि बाटोमै छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने काम भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार