Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा

    सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 528
    SHARES

    काठमाडौं । अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ ।

    सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



    सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।



    वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ । अविरल वर्षाका कारण उपत्यकाका नदी बढ्ने आकलन गरेर सचेतना अपनाउन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार