Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालको संस्कृति विश्वमा चिनाउनु पर्दछ, हामी कसैभन्दा कम छैनौं : सभापति देउवा

    नेपालको संस्कृति विश्वमा चिनाउनु पर्दछ, हामी कसैभन्दा कम छैनौं : सभापति देउवा

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विविध सांस्कृतिक पहिचान विश्वमा चिनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

    कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले २९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, “नेपाल हर किसिमबाट सुन्दर छ भनेर बुझाउन सक्दछौँ । देशभरि नै कतिलाई थाहा छैन । मेचीदेखि महाकाली, मधेशदेखि हिमालसम्म नेपाललाई चिनाउन सक्यौँ भने नेपालीले पनि विश्वलाई आफ्नो भन्ने किसिमबाट अघि बढाउन सक्नुपर्दछ ।”



    नेपाल प्राकृतिक रूपमा मात्र नभई भाषाभाषी, संस्कृति सबै किसिमबाट कसैभन्दा कम नभएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार