काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्थाको बैठक आह्वान गरेका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ । बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ ।
संसद् बैठकअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्दैछ ।