Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगार विभागले भन्यो - अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्छ

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।

सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अवरुद्ध नै रहने भएको हो ।

बुधबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा विभागका महानिर्देशक मदन दाहालले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा चल्न अझै तीन दिन लाग्न सक्ने बताए ।

विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सेवा अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077