Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई भेट्दै सभामुख घिमिरे, सदनको अवरोध हटाउन छलफल हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन् । उनीहरुबीच बिहान ९ बजे राष्ट्रपति कार्यालयमा भेटवार्ता हुन लागेको हो ।

आज राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लागेको बताइएको छ ।

राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए।

भेटमा संसदमा भएको अवरोधको बारेमा चासो राखेका थिए। एमालेको अवरोधका कारण लामो समयदेखि चलेको छैन ।

गत साउन २ गते पक्राउ परेको एक क्वीन्टल सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको माग छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077