Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कानुन बनाउन संसद् अवरोध बाधक, सबै सांसदले खोल्न सहयोग गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जारी सदनको अवरोध खुलाउन सबै सांसदहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले केही सातादेखि संसद्को नियमित कारबाही अघि बढ्न नसकेको अवस्थामा त्यसलाई समाधान गर्न सबै सांसदले सहयोग गर्नुपर्ने बताए ।

संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न नपाएको उनको भनाई छ । अघिल्लो संसद्‌मा पनि संसद विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा प्रर्याप्त छलफल नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077