Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नागरिक उन्मुक्ति छाडेकी एलिजाले भेटिन् ओली, भनिन् - राजनीतिक अनुभव मेरा लागि अनुकरणीय

काठमाडौं । ऋषि धमलापत्नी एलिजा गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।

नागरिक उन्मुक्ति पार्टी छाडेकी नेतृ तथा नायिका गौतमले आइतबार साँझ ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट गरेकी हुन् ।

उनले भेटपछि ओलीको प्रसंशा गरेकी छन् । ओलीसँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने आफ्नो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्ने एलिजाको विश्वास छ ।

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्ग निर्देशनप्रति अनुग्रहित छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077