Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उत्तर कोरियाली नेता किमको निर्देशन - हतियार कारखानामा क्षेप्यास्त्र उत्पादन बढाउनू

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन् ।

आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला नेता किम यस्तो निर्देशन दिएका हुन् ।

किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखानाहरुको भ्रमण गरेका थिए ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लञ्चर शेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077