Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ३१ अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    ३१ अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ ।

    अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ ।



    यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् । मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ ।



    जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५।१८ प्रतिशतले बढेको छ ।

    नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फण्डसहितका धितोपत्रको आज मूल्य बढेको छ । हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् ।

    यसको मूल्य ७.६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ । थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, सोल्टी होटेल, आईएमई लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार