Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद्‍माथि जनताको वितृष्णा बढेर गयो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‍माथि जनताको वितृष्णा बढेर गएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित संसद्‍ सञ्चार सम्बन्ध अन्तरक्रियामा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

साथै पटकपटक संसद्‍ अवरोध हुँदा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सुन तस्करीको प्रकरणलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलको आफ्नै अडानका बीच संसद्‍ खुल्न नसकेको संकेत गर्दै सभामुख घिमिरेले यस्तो परिस्थितिका कारण संसदीय व्यवस्थामाथि उपेक्षा गर्नेहरूलाई फाइदा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077