Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ ।

न्यून चापीय क्षेत्र पनि भारतको ओडिसा आसपासमा छ। आज बिहान मधेश लगायत पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसारम अहिले गण्डकी प्रदेशका थोरै स्थानहररू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077