Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • भ्रष्टाचारका फाइल खोल्न उच्चस्तरीय समिति आवश्यक छैन : विश्वप्रकाश शर्मा

    भ्रष्टाचारका फाइल खोल्न उच्चस्तरीय समिति आवश्यक छैन : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 636
    SHARES

    धनकुटा । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल खोल्न उच्चस्तरीय समिति जरुरी नभएको बताएका छन् ।

    कांग्रेस नीति तथा प्रशिक्षण शाखा धनकुटाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । महामन्त्री शर्माले  भ्रष्टाचारको फाइल खोल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पर्याप्त रहेको बताए।



    महामन्त्री शर्माले भने,‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नु पर्छ । जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्रीलगायतलाई छानबिनको दायरामा ल्याउने सीआईबी हो । कांग्रेसको कार्यकर्ता तहमा भ्रष्टाचार निर्मूल अभियानमा पार्टी लागेको छ भन्ने सन्देश जान जरुरी छ ।’



    महामन्त्री शर्माले भ्रष्टाचारको फाइल सीआईबीले खोल्नेमा ढुक्क रहन भन्दै उच्चस्तरीय समिति जरुरी नभएको बताए। अख्तियारसम्बन्धी ऐन कानुन बनाउन नेतृत्व गर्ने कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन नहुने महामन्त्री शर्माको भनाई छ ।

    महामन्त्री शर्माले भ्रष्टाचार निर्मूल गर्ने कानुन बनाउने अनि भ्रष्टाचार गर्नेलाई नपक्रिने भन्ने नहुने बताए । भ्रष्टाचारको फाइल खोल्न सीआईबी हुँदाहुँदै उच्चस्तरीय समिति जरुरी नरहेको महामन्त्री शर्माले बताए ।

    जनताका आवाज संसद्बाटै बोलिने भएकोले संसद् अवरुद्ध गर्न नहुनेमा पनि महामन्त्री शर्माको जोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार