Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकेर टाउको दुखाउनु हुँदैन : महामन्त्री थापा

इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन सबै मिलेर पहल गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताए ।

महामन्त्री थापाले भने,‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन।’

ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति उनले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए।

उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताए। भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ।

उनले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औंल्याए। अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077