Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

छलफलका लागि सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतकलाई बोलाइएको छ ।

त्यस्तै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका प्रमुख सचेतकलाई पनि बोलाइएको छ । शुक्रबार बिहान साढे ९ बजे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए । प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजे बस्दैछ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077