Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • इक्वेडरको राष्ट्रपतीय चुनाव कडा सुरक्षाबीच मतदान सकियो

    इक्वेडरको राष्ट्रपतीय चुनाव कडा सुरक्षाबीच मतदान सकियो

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 432
    SHARES

    एजेन्सी । इक्वेडरमा कडा सुरक्षाका बीच राष्ट्रपतीय र संसदीय निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।

    निर्वाचन अभियानका क्रममा राष्ट्रपति पदका उम्मेदवारको हत्या भएको घाउ मेटिन नपाउँदै ठूलो संख्यामा सैनिक र प्रहरी परिचालन गरी मतदान सम्पन्न गरिएको हो ।



    निर्वाचनमा वामपन्थी उम्मेदवार लुइसा गोन्जालेज र व्यापारिक पृष्ठभूमिका ड्यानियल नोबोआले ३३ र २४ प्रतिशत मत प्राप्त गरेका छन्।



    मतगणनाको प्रारम्भिक नतिजाले राष्ट्रपति पदका लागि दोस्रो चरणमा मतदान हुने देखाएको छ । पूर्वबैंकर समेत रहेका राष्ट्रपति गुइलेर्मो लासोले संसद विघटन गरेपछि इक्वेडरमा समयअगावै निर्वाचन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार