Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बिहान ११ बजे बस्ने गरी देउवाले बैठक बोलाएका छन् । बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुनेछ ।

नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ ।

देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा विभाग विषयमा पनि छलफल हुने बताइएको छ ।

विभाग र भ्रातृ संस्थालाई पूर्णता १५ भदौसम्म दिने पार्टीले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077