Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'जनतासँग कांग्रेस' अभियान स्थगित गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो ।

भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो। साउन १० गते सकिएको केन्द्रीय समितिले पारित गरेको वार्षिक कार्यतालिकामा अभियान भदौ १० देखि २४ गतेसम्म देशैभर सञ्चालन गर्ने उल्लेख छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्खा नसकिएको र संसद पनि चल्ने भएकोले राष्ट्रव्यापी अभियान केही समयपछि गर्ने समझदारी भएको बताए । राष्ट्रव्यापी अभियान अहिलेलाई स्थगित गरिए पनि अब कहिले गर्ने भन्ने मिति तय गरिएको छैन।

साथै साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामै केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्य पठाएर कांग्रेसले संगठन सुदृढीकरणबारे आन्तरिक छलफलसमेत गरिसकेको छ।

पौडेलका अनुसार पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077