Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस नेतृ आरजु प्रमुख अतिथि रहेको भेलामा लफडा, नेविसंघको असन्तुष्ट पक्षले गर्‍यो तोडफोड !

कैलाली । कैलालीमा नेविसंघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा तोडफोड गरेको छ ।

सोमबार धनगढीको सोराइँ बैंकेट पार्टी प्यालेसमा भएको नेपाली कांग्रेसको क्षेत्र नम्बर ५ को क्षेत्रिय भेलामा नेविसंघको असन्तुष्ट पक्षले तोडफोड गर्नका साथै कार्यक्रम ब्यानरसमेत झिकिएको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघको केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा मच्चाएको बताइएको छ ।

लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने दियो लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएको बुझिएको छ । विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077