Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस नेतृ आरजु प्रमुख अतिथि रहेको भेलामा लफडा, नेविसंघको असन्तुष्ट पक्षले गर्‍यो तोडफोड !

    कांग्रेस नेतृ आरजु प्रमुख अतिथि रहेको भेलामा लफडा, नेविसंघको असन्तुष्ट पक्षले गर्‍यो तोडफोड !

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.7K
    SHARES

    कैलाली । कैलालीमा नेविसंघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा तोडफोड गरेको छ ।

    सोमबार धनगढीको सोराइँ बैंकेट पार्टी प्यालेसमा भएको नेपाली कांग्रेसको क्षेत्र नम्बर ५ को क्षेत्रिय भेलामा नेविसंघको असन्तुष्ट पक्षले तोडफोड गर्नका साथै कार्यक्रम ब्यानरसमेत झिकिएको हो ।



    प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघको केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा मच्चाएको बताइएको छ ।



    लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने दियो लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएको बुझिएको छ । विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार