Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कार्यकर्तालाई कांग्रेसको निर्देशन - पार्टीको झन्डा वा चिह्न प्रयोग गरी फेसबुक पेज नचलाउनू

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

मिन विश्वकर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जनाएको हो ।

साथै प्रत्येक केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिलाई एक/एकवटा आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न पनि भनिएको छ ।

'क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज संचालन गर्न गराउन र पार्टीको नाम, झन्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न गराउन निर्देशन दिने काम भएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077