Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

    एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 387
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज बिहान ८ बजे सुरु हुँदैछ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबार शुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी छ ।

    बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।



    पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ।



    अध्यक्ष नेपालले प्रस्तुत गरेको जनीतिक प्रतिवेदनमा नेकपा एमालेबाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ। पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी अनुमोदन गरिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार