Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पर्यटनमन्त्री सुदन किरातीलाई पितृ शोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनका पिता हर्कबहादुको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए।

मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिएका छन् ।

बुवाको निधन भएपछि किरातीले सामाजिक सञ्जालमा लेखेका छन्– 'आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमा बुवा हुन्। बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु, तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जली !'

मन्त्री किरातीकी आमाको पहिले नै निधन भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077