Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

    मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 825
    SHARES

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्धको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

    सर्वोच्च अदालतमा रिट दर्ता भएसँगै सर्वोच्च अदालतका न्यायाधीश खतिवडाको इजलासमा पेसी तोकिएको हो ।



    पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।



    सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी गरेका छन् ।

    नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।भामुखले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । मत बराबरी भएको अवस्थामा भने निर्णायक मत दिन पाउँछन् ।

    थापा गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार