Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कार्कीको निधनमा कांग्रेसले भोलि पार्टी कार्यालय बन्द गर्ने

    कार्कीको निधनमा कांग्रेसले भोलि पार्टी कार्यालय बन्द गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 930
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले एक्त निर्णय गरेको हो ।



    कांग्रेस कार्कीको सम्मानका लागि भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।



    भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने छ । कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने छ।

    सोही सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहेका कार्कीको बुधबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार